कोशीमा युवतीको शव भेटियो

२७ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
4 Shares


सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो ।हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो ।

पहाडे मूलको जस्तो देखिने र घाँटीमा पहेलो धातुको सिक्री लगाएको अवस्थामा ती युवतीको शव फेला परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया