लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु

प्रकाशित मिति:

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा एक जना तेस्रोलिंगी व्यक्तिको ‘शंकास्पद’ मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की घर भई लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ छन् ।महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० विनोद शर्मा घिमिरेका अनुसार आइतबार बिहान गुरुङको कोठामा उनको शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिंगी समाजले घटनालाई शंकास्पद मानेको छ ।

उनीहरुले दरबारमार्ग प्रहरीमा गुरुङसँगै बस्ने विदेश कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।गत शुक्रबार मादक पदार्थ सेवन गरेर कार्कीले मृतक गुरुङलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

त्यसबारे प्रहरीलाई समेत खबर गरिएको थियो । तर, पहिले अस्पताल लैजान सुझाइएपछि उपचारका लागि वीर हस्पिटल लगिएको थियो ।उपचारपछि गुरुङ फर्किएका थिए तर, त्यसबारे प्रहरीलाई केही जानकारी थिएन । एक्कासी शव भेटिएको खबर पाएपछि प्रहरी अनुसन्धानका लागि गुरुङको कोठामा पुगेको हो ।गुरुङ ५र७ वर्षदेखि सोही कोठामा बस्दै आएको जनाइएको छ ।

थप समाचार