जिल्ला स्तरीय स्नुकर जारी ,मंगलबारबाट दोस्रो चरणका खेल हुदै

प्रकाशित मिति:

बुटवल/बुटवलमा २५ गतेदेखी शुरु भएको छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा सोमबार पनी बिभिन्न खेलहरु सम्पन्न भएका छन । रुपनदेही पुल तथा स्नुकर संघको आयोजनामा सन्चालीत प्रतियोगितामा १ सय ३८ जना खेलाडीहरुले भाग लिएका छन् । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिता अन्र्तरगत सोमबार सम्पन्न खेलमा सुनिल घिमिरे,बासु प्रधान,मेजराज गुरुङ,मन्नु गुप्ता, दिनेश क्षेत्री,सरोज दर्लामी बिजयी भएका छन ।

यस्तै दिनेश राना, आशिष स्याङ्जाली,सागर श्रेष्ठ,मुकेश क्षेत्री, मिलन बोहरा ,सन्जय कार्कि,किशोर श्रेष्ठ, सुमन कहार,हरी थापा,किसन थापा र ओम सारु बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । प्रतीयोगीता अन्र्तरगत मंगलबार दोस्रो चरणका खेलहरु सन्चालन हुने खेल संयोजक बबिन थापाले जानकारी दिए । दोस्रो चरणका खेलहरु न्यु क्लब थर्टिन मैत्रिपथमा सन्चालन हुने सघंका सचिब शिब रानाले जानकारी दिए । यसअघिका खेल एल्लो स्नुकर हाउसमा सन्चालन भएका थिए । बिजेताले ३५ हजार रुपैया र उपविजेताले २० हजार रुपैया पुरस्कार साथै शिल्ड मेडल प्राप्त गर्नेछन । रुपन्देहिमा रहेका स्थानीयस्तरका खेलाडीहरुलाइ प्रोत्साहन गर्न प्रतीयोगीताको आयोजना गरिएको रुपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष एवम क्युटेक स्नुकर हाउसका सन्चालक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।