सरकार र सिके राउतका बीचमा भएको सम्झौंता रद्द गर्न कमल थापा को माग

प्रकाशित मिति:

बुटवल /राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतका बीचमा भएको सम्झौंता रद्द गर्न माग गर्नु भएको छ ।राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुदुरपश्चिमको भ्रमण पछि १३औं दिन सोमवार फर्किने क्रममा दाङको तुलसीपुरमा सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले राउतले विखण्डनको मुद्दा नछोडेको हुँदा त्यो रद्द हुनुपर्ने माग गर्नु भएको हो । यदी सिके राउतले विखण्डनको मुद्दा छोडेका होइन भने सरकारले पक्राउ कानुनी कारवाही गर्नुपर्ने माग थापाको छ ।

राप्रपा अध्यक्ष थापाले नेत्रविक्रम चन्द (विप्लव)ले फेरि नँया ढंगले विद्रोह गर्न खोज्नु गलत भएको टिप्पनी गर्नु भएको छ । आफ्ना राजनीतिक एजेण्डा पुरा गर्नको लागि बन्दुक र हिंसा छोडेर जनताको माझ आउन विप्लवलाई थापाले आग्रह गर्नु भएको थियो ।फरक प्रशंगमा उहाँले आफुहरुले उठाएका मागहरु सरकारले पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने चेतावनी दिनु भएको छ । राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा भएको थापाले स्पष्ट पार्नु भएको थियो ।