देवदह लागेको मेला मंगलबार सकिने

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव मंगलबार सकिने भएको छ । फागुन १७ गतेदेखि देवदहको घोडाहा प्रदर्शनी स्थलमा संचालन भएको मेला मंगलबार विशेष कार्यक्रमका साथमा समापन हुने छ । मेलाको पुर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य छवीलाल विश्वकर्माले समापन गर्ने कार्यक्रम रहेको आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ ।

देवदह नगरपालिका र जिल्ला समन्वय समिति रुपन्देहीको सहआयोजना तथा बुटवल उद्योग बाणिज्य संघ, देवदह ब्यापार संघ, उद्योग ब्यापार संघ देवदह, प्रगति सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा भएको मेलामा कृषि, स्थानीय उत्पादन, घरेलु साना उद्योग, गार्मेन्ट, होटल तथा रेष्टुरेन्ट, अटो मोवाईल्स, सूचना प्रविधि लगायतका करिव ३ सय स्टलहरु राखिएको छ । स्थानीय व्यवसायको प्रवद्र्धन गरी यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने उदेश्यले आयोजना गरिएको मेलाको तीन लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार गर्ने लक्ष्य आयोजकले लिएका छन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, सिंगिङ, डान्सिङ्ग आईडल, लोकगित प्रतियोगिता, कपल डान्स, स्लो मोटरसाईकल रेश, भलिवल प्रतियोगिता लगायतका कार्यक्रमहरु भएको उद्योग बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो ।