‘इन्टु मिन्टु लन्डनमा’ ले आफ्नो नयाँ गीत रिलिज

प्रकाशित मिति:

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा धिरज मगर अभिनित प्रेमकथा ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मले आफ्नो नयाँ गीत रिलिज गरेको छ।

फिल्मको ‘उडायो हावाले’ बोलको गीत रिलिज भएको हो। गीतमा हर्कुलस बस्नेत तथा निकहिता थापाको युगल स्वर रहेको छ।

गीतका संगीतकार तथा रचनाकार हर्कुलस नै हुन्। गीतलाई बेलायतमा खिचिएको छ।