युवाहरुलाई दुव्र्यशन मुक्त वनाउन संघसंस्थाहरुको सहकार्य आवश्यक : एसएसपी राजेन्द्र ढकाल

प्रकाशित मिति:

बुुटवल । संघिय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएस पी राजेन्द्र ढकालले युवाहरुलाई दुव्र्यशन मुक्त वनाउन विभिन्न संघसंस्थाहरुको सहकार्य आवश्यक भएको बताएका छन ।

प्रहरीले संचालन गरेको पुनस्थापना केन्द्र प्रयाप्त नभएको बताउदै उनले राज्यले नै पुनस्थापनामा विशेष योजना वनाउनु पर्र्नेमा जो दिए ।

रोटरी क्लव अफ बुटवलको सनिवार सम्पन्न १२२० औ नियमित वैठकमा एसएसपि ढकालले खुल्ला सिमानाका कारण भारतीय मेडिसिनको दुरुपयोग गर्ने नेपाली युवाको संख्या दिन प्रतिदिन वढिरहेको जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा ४ सय २ जनालाई लागु औषध सम्वन्धी मुद्धामा मुद्धा दर्ता गरेर र यस क्षेत्रमा माज्ञ१ ह्जार भन्दा लागुऔषध प्रयोगकर्ता रहेको जानकारी दिए ।

उनले ६ वटै पदेशमा रिहाव सेन्टर आवश्यक रहेको बताए। संघिय प्रहरी इकाई जनताको शान्ति शुरक्षाका लागि प्रतिवद्ध रहेको बताउदै नागरिकको सहयोग विना कुनै पनि काम गर्न नसक्ने स्पष्ट पारे । उनले भने– हामीकहा कानुनको कनै अभाव छैन तर कार्यान्वयमा चुनौती छ ।’ कतिपय अवस्थामा राजनितिक संरक्षणमा अपराधीहरु कानुनी कारवाहीबाट उन्मुक्ति पाउने गरेको उनको भनाई छ।

समाजमा आत्महत्या, मानव वेचविखन, तथा शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको बताउदै त्यसको समाधानको लागि नागरिकहरुको सहयोग आवश्यक रहेको बताए ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता, पूर्व अध्यक्ष अजयमान श्रेष्ठको स्वागत सचिव दया भण्डारीको संचालनमा भएको कार्यक्रमा धन्यवाद ज्ञापन श्रीकृष्ण पोखरेलले दिएका थिए ।

कार्यक्रमा रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२का असिष्टेन गभर्नर कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष यदुनाथ पाण्डे, सर्जन एट आम्स यादव घिमिरे, रोटरीयनहरु मधु प्रसाद अर्याल,वोनिन पिया, सोनालिया गुरुङ लगायतले वोलेका थिए । सो अवसरमा जन्मदिन पर्ने क्लवका पुर्व अध्यक्ष निर्मल लाकौल, इनद्र भूसाल , गणेश पन्थ लगायतको हर्ष वढाई गरिएको थियो ।