हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए

प्रकाशित मिति:

आइएस लडाकूहरुलाई लक्षित गरी गरिएको अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको डेइर अल जौर प्रान्तमा इस्लामिक स्टेट ९आईएस लडाकूहरुको पकड रहेको क्षेत्रमा आक्रमण भएको र मृत्यु हुनेमा अधिकांस महिला र बालबालिका रहेको सिरिया राज्यद्वारा सञ्चालित समाचार माध्यमले जनाएको छ ।

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो । अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स ९एसडीएफले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो । तर उनीहरुले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।