माग्नेका कुरा किन सुन्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

न सा विद्या न तद्दानं न तच्छिल्पं न सा कला 
न तत्स्थैर्यं हि धनिनां याचकैर्यन्न गीयते ।। – नीति वचन

त्यो विद्या के विद्या, त्यो दान के दान, त्यो शील्प के शिल्प, त्यो कला के कला, त्यो स्थिरता के स्थिरता जसले माग्ने वा याचकलाई गन्दैन वा मान्दैन ।

विद्या आर्जन गरेर ज्ञान अरुलाई बाड्न सक्दैन भने त्यो विद्याको कुनै अर्थ रहँदैन । यसैगरी दान पनि आवश्यक भएका व्यक्तिलाई दिन नसकेको दानको पनि अर्थ रहँदैन । जसलाई त्यो वस्तुको आवश्यक छ त्यस्ता व्यक्तिलाई दिएको सही हुन सक्छ । यसैगरी कलाका क्षेत्रमा जतिसुकै निपूण भए पनि त्यो कला त्यो शील्प अरुलाई बाँड्न सकेन भने त्यो शील्पकला पनि व्यर्थ नै हुन्छ भनिएको छ । यसैगरी याचक अर्थात् माग्नेले भन्न खोजेका कुरा नै सुन्न नसक्ने व्यक्ति स्थिर व्यक्ति हुन सक्दैन । स्थिर हुन नसक्नु पनि व्यर्थ नै हो । अतः याचकका कुरा सुन्न सहयोग गर्न नसक्नेको विद्या, दान, धन, कला आदि सबै कुरा व्यर्थ हुन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–