सिके राउतसँगको सहमति ठीक भएनः बाबुराम

प्रकाशित मिति:

सप्तरी – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् । राजविराज विमानस्थलमा सोमबार पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए ।

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तालाई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए – रासस