मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रकाशित मिति:

नुवाकोट – विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ।

देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर–९ लामाटारका १७ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो। बा ६३ प ५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाकइलमा सवार १५ वर्षीय विशेष थापामगर घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ  -रासस