चीनबाट गाई ल्याउने निर्णय खारेज गर्न माग

प्रकाशित मिति:

पोखरा /केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड प्रदेश २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको निर्णय तत्काल खारेज गर्नु माग गरेका छन् ।मंगलबार पत्रकार सम्मेलन गरेर संघले सम्झौता खारेज गर्न सरकारको ध्यानाकार्षण गराएको हो ।संघका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आए नेपालका दुई हजाभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने बताए ।

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए ।प्रदेश सरकारको यो निर्णयको सर्बत्र बिरोध भइरहेको छ ।