जिल्ला स्तरीय स्नुकर जारी ,क्वाटरफाइनल र सेमिफाइनलका खेल बुधबार

प्रकाशित मिति:

बुटवल/बुटवलमा २५ गतेदेखी शुरु भएको छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा मंगलबार पनी बिभिन्न खेलहरु सम्पन्न भएका छन । रुपनदेही पुल तथा स्नुकर संघको आयोजनामा सन्चालीत प्रतियोगितामा १ सय ३८ जना खेलाडीहरुले भाग लिएका छन् । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिता अन्र्तरगत सोमबार सम्पन्न खेलमा सुनिल घिमिरे,बिष्णु श्रेष्ठ,किसन थापा,बिजय बुढाथोकी , दिनेश राना, रुकु खान , मन्नु गुप्ता बिजयी भएका छन । यस्तै बिज्जु थापा, रेजीन श्रेष्ठ,सन्जय कार्र्कि, सुबिन थापा,शिशिर गुरुङ,सुरज माकाजु, प्रदीप पल्लि,सचिन बस्याल,कसिस क्षेत्री, सन्जय शाही , मुनुवा जयसवाल, शंकर खड्का बिजयी भएका छन ।

बुधबारबाट प्रिक्वाटर,क्वाटर र सेमिफाइनलका खेल हुने खेल संयोजक बबिन थापाले जानकारी दिए । दोस्रो चरणका खेलहरु न्यु क्लब थर्टिन मैत्रिपथमा सन्चालन भइरहेको सघंका सचिब शिब रानाले जानकारी दिए । यसअघिका खेल एल्लो स्नुकर हाउसमा सन्चालन भएका थिए । बिजेताले ३५ हजार रुपैया र उपविजेताले २० हजार रुपैया पुरस्कार साथै शिल्ड मेडल प्राप्त गर्नेछन । रुपन्देहिमा रहेका स्थानीयस्तरका खेलाडीहरुलाइ प्रोत्साहन गर्न प्रतीयोगीताको आयोजना गरिएको रुपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष एवम क्युटेक स्नुकर हाउसका सन्चालक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । खेलमा कतार निवासी नवलपुर समाज कतारका बरिष्ठ उपाध्यक्ष तथा स्नुकर संस्थापक सदस्य रिषीकुमार वाग्लेले प्रथम पुरस्कार सौजन्य गरेका छन ।