हलचोकमा चौकीदारद्वारा महिलाको हत्या

प्रकाशित मिति:

काठमाडौं । काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक जना महिलाको हत्या गरेको आरोपमा चौकीदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगर छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरका अनुसार मंगलबार बिहान ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी ४५ वर्षीया निरमाया चेम्जुङ मृत भेटिएकी थिइन् ।

‘खानेपानी ट्याङ्की नजिक कोल्टो परेको अवस्थामा मृत भेटिएपछि अनुसन्धान थालेका थियौं’, राठौरले भने, ‘अनुसन्धानका क्रममा सोमबार राति निरमाया अभियुक्त थापाको कोठामा गएको देखिएको छ । त्यसक्रममा वादविवाद हुँदा पेटमा लात्तीले हानेर बेहोस बनाएको देखिएको छ ।’त्यतिवेलै निरमायाको मृत्यु भएको थियो । प्रकाश र निरमायाबीच विगत दुईरतीन वर्षदेखि चिनजान भएर एकअर्काको कोठामा आवतजावत हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।महानगरीय प्रहरी वृत्त, स्वयम्भुसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको राठौरले बताए ।