युएस बंगला दुर्घटनामा मृत्यु भएका विद्यार्थीको माइतीघरमा सम्झना

प्रकाशित मिति:

काठमाडौं । बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरको विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ ।गत वर्ष आजकै दिन बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए ।

उक्त दुर्घटनाको एक वर्षपछि मंगलबार दुर्घटनाम मृत्यु हुने नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । युवा चिकित्सक संघको आयोजनामा काठमाडौंको माइतीघरमा मैनवत्ती बालेर दुर्घटनामा ज्यान गुमाएका बंगलादेशमा मेडिकल पढ्ने विद्यार्थीको सम्झना गरिएको हो ।