आगोले ३ घर जलेर नष्ट

प्रकाशित मिति:

भोजपुर । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका ५ सानोदुङ्मामा आगोले ३ घर जलेर नष्ट भएका छन् ।सानोदुङ्माको चौकीबारीका मंगलबार दिउँसो सवा ४ बजे स्थानीय बज्रसिं राईको गोठबाट सल्केको आगोले राईको घरसँगै छिमेकी मनकुमार राई र चितामान राईको घर पनि जलेर ध्वस्त भएको थियो ।

आगलागीमा परी घरमा रहेको लत्ताकपडा, अन्नपात, काठपात, पैसा, सुन लगायतका सामान सबै जलेको वडाध्यक्ष दलबहादुर राईले बताए ।आगालागीबाट भएको क्षतिको विवरण संकलन भइरहेकोले कुल कति मुल्य बराबरको क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेकोे बास्तिम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुष्कर ढकालले जानकारी दिएका छन् ।आगालागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।