टुक्रियो हरिहरको सपना

प्रकाशित मिति:

चैत १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ ।मंगलबार युट्युबमार्फत सार्वजनिक उक्त गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा भने चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।

ज्योतिषी हरिहर अधिकारी यो चलचित्रमा पनि ज्योतिषीको भूमिकामा नै छन् । उनको जोडी बनेर नायिका क्रिष्टिन पौडेलले डेब्यु गर्दैछिन् । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतको पनि मुख्य भूमिका रहेको छ ।प्रदीपकुमार उदयको प्रस्तुति रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।