स्वास्थ्यका लागि गुणकारी फल अमला

प्रकाशित मिति:

अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ ।क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ ।

कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।