खानामा जडिबुटी मिसाएर खाएपछि एकको मृत्यु

प्रकाशित मिति:

धनकुटा – औषधि भन्दै खानामा जडिबुटी मिसाएर खाना खाएपछि बिरामी परेका धनकुटा नगरपालिका–९, बेलहाराका माधव प्रधानको मृत्यु भएको छ ।सोमबार बेलुकी खानामा जडिबुटी मिलाएर खाएर सुतेका प्रधान राति बिरामी भएपछि मंगलबार बिहान उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो ।

धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । ६२ वर्षीय प्रधान बेलुकीको खाना खाएर सुत्नु भएको थियो । प्रधानसँगै परिवारका अन्य ५ जनालाई नै रिंगटा लाग्ने वान्ता आउन थालेपछि छिमेकीको सहयोगमा अहिले धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।