निरिशाको ‘जानी नजानी’ माया बस्यो

प्रकाशित मिति:

चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बसन्त अधिकारी निर्देशित फिल्म ‘जानी नजानी’ को शिर्ष गीत युट्युब रिलिज भएको छ । अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतका रचनाकार मोदनाथ खनाल हुन् । गीतको भिडियोमा फिल्मका लिड कलाकार मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेत फिचर्ड छन् । गीतले यी दुईको प्रेमभाव बोल्छ । भिडियोमा नव(अभिनेत्री निरशा निकै बोल्ड देखिएकी छन् । हिन्दी सिरियल चन्द्रनन्दिनीु मा काम गरिसकेकी उनको यो फिल्म डेब्यू हो ।

यो फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने निर्देशक अधिकारीले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताका छन् ।