लब स्टेशन कपि काण्ड बारे मुख खोले निर्माता हरुले

प्रकाशित मिति:

लभ स्टेशनु को ट्रेलरमा समावेश केही सिन टर्कीमा निर्माण भएको फिल्म ‘हर से असक्तन’ सँग डिट्टो मिलेपछि अहिले फिल्ममाथि चोरीको आरोप लागेको छ । यसबारे पनि प्रदीप र फिल्मका निर्माता गोविन्द शाहीले संयूक्त रुपमा जवाफ दिए । प्रदीपले केही सिन उस्तै लागे पनि कुनै फिल्मबाट कथा तानेर ुलभ स्टेशनु नबनेको स्पष्ट पारे । फिल्म राम्रो बनाउनका लागि कुनै फिल्मबाट प्रभावित हुनु नराम्रो नभएको पनि उनको जिकिर छ ।

फिल्म कहीँ कतैबाट पनि कपी होइन । कहीँ कतै मिल्न गएमा संयोग मात्र हुनेछु, उनले अगाडि भने लभ स्टेशनु मा नयाँपन छ र कुनै शंका नगर्न पनि म आग्रह गर्छु ।ु उनले फेरि थपे फिल्म राम्रो बनाउनका लागि कुनै फिल्मबाट प्रभावित हुनु नराम्रो हो भन्ने मलाई लाग्दैन ।उनले ुलभ स्टेशनु कुनै फिल्मबाट कपी गरेर नबनेको पटक(पटक दाबी गरिरहे ।
निर्माता गोविन्द शाही भने यस विषयमा बोल्न चाहिरहेका थिएनन् । उनी भन्दै थिए, ुयो विषयमा पछि कुरा गरौंला ।ु तर, टर्कीको फिल्मबाट केही सिन कपी गर्नुको दोषी को रु भन्ने पत्रकारको प्रश्न नरोकिएपछि उनलाई जवाफ दिन करै लाग्यो । ुदोष कसैको पनि छैन । हामीले विशुद्ध नेपाली फिल्म बनाउने प्रयास गरेका छौं । काम गर्दै जाँदा केही सिनहरु संयोगले मिल्छ, त्यसको दोषी कोही होइनु, उनले भने ।