अमेरिकाको उत्तरी क्यालिफोर्नियामा भिषण अगलागी ,चालीस हजार को उद्धार

प्रकाशित मिति:

साउन १३ \ अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका जिजु हजुरआमा पनि रहेको खबरहरू छन्। उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् । शास्टा काउण्टीमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ त्यसले रुखहरू ढालिदिएको र गाडीहरूलाई हुत्त्याइदिएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्। कार फायरु भनिएको आगोका लप्काहरूले कम्तीमा पाँच सय संरचना भत्काइसकेको छ र हजारौँ घरलाई जोखिममा पारेको छ।
विविसीको नेपाली सेवा वाट