मस्ती मुडमा भेटिए प्रियंका र आयुश्मान

प्रकाशित मिति:

नायिका प्रियंका कार्की र उनका प्रेमी नायक आयुश्मान देशराज जोशी यतिखेर इन्डोनेशियाको राजधानी बालीमा छुट्टी मनाउन पुगेका छन् । आयुश्मानले प्रियंकालाई रिफ्रेस बनाउन यो सरप्राइज प्याकेज दिएको बताइएको छ ।

प्रेम सम्वन्धमा रहेका यो जोडीले बालीको समुन्द्र किनारमा निकै मस्ती मुडमा प्रेमील फोटो शुट गरेका छन् । प्रियंकाले इन्स्टाग्राममा तिनै हट फोटोहरु पोष्ट गर्दै लेखेकी छिन् ‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु ।’ साथै उनले प्रेमी आयुश्मानको माया र साथले थप उर्जा मिलेको बताएकी छिन् ।