रुपन्देही सुपर लिगमा,बुम एमसीसीको जल्लास्पद हार

२९ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही /सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’ को खेलमा बुम एमसीसी क्रिकेट क्लब भैरहवाले लज्जास्पद हार व्यहोरेको छ । उसलाई तिरुपति क्रिकेट क्लब भैरहवाले ७८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ३१.४ ओभरमा सबै विकेट गुमाई १ सय ३१ रनको योगफल बनाएको थियो ।उसका लागि देव खनालले सर्वाधिक ५३ रन बनाए । यस्तै, विपिन न्यौपानेले ३६ तथा केशव पौडेलले नटआउट १३ रन बनाए । बलिङमा बुम एसीसीका दुर्गेश गुप्ताले १० ओभरमा १ मेर्डन राख्दै २९ रन खर्चेर ५ विकेट लिए । यसैगरी तुसार चौहानले ३ तथा इखलाक अहम्मदले २ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ३२ रनको लक्ष्य पछ्याएको बुम एमसीसी १८.५ ओभरमा सबै विकेग गुमाएर ५३ रनमै समेटियो । ४९ रन बनाउँदा ४ विकेट गुमाएको उसले थप ४ रन जोड्दा ६ विकेट गुमायो । उसका लागि रोशन ठामीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिरुपतिका देव खनालले ७ ओभरमा २ मेर्डन राख्दै ७ रननै खर्चेर ४ विकेट लिए । सुलभ ढुंगानाले ३ विकेट लिए ।

तिरुपतिका देव खनाल खेलमा म्यान अफ दी म्याच घोषित भए । बिहीबार वेष्टर्न क्रिकेट क्लब बुटवल र साई ग्लोबल क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघमा अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान
  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या