आईएसमा गएका मलेसियनहरु घर फर्किन पाउने

प्रकाशित मिति:

एजेन्सी /सिरियामा आईएसमा भर्ति हुन आफ्नो देश छोडेर गएका मलेसियन नागरिकहरु फेरि स्वदेश फर्किन पाउने भएका छन् । तिनीहरुलाई निरीक्षण र पुनस्स्थापना गर्ने गरी मलेसियाको सरकारले कार्यक्रमको तयारी गरिरहेको छ ।अलजजीराले बताएअनुसार सरकारले मनोविज्ञबाट प्रत्येक लडाकुमाथि परीक्षण र अनुसन्धान गर्नेगरी कानुन बनाइनुपर्ने हुन्छ । उनीहरुको आदर्श र मानसिक अवस्था बुझ्नुपर्ने हुन्छ ।

यो पनि बताइएको छ कि, हिरासतमा लगिएका लडाकुहरुलाई एक महिनासम्मको सरकारी पुनस्स्थापना केन्द्रमा राखेर उनीहरुको सबै क्रियाकलापको निरीक्षण पनि गरिनेछ । साथै उनीहरुमाथि केरकार गरिनेछ तर बन्दी भने बनाइने छैन ।मिडियासँग बोल्दै आतंकवाद प्रतिरक्षा शाखाका प्रमुख दातुक अयोब खानले भनेका छन्, ‘हामीहरु वैदेशिक सहायताबाट प्राप्त बौद्धिकतासँग तुलना गर्नेछौँ । यदि फर्किएकाहरु आईएसमा सहभागी भएको प्रमाण फेला परेमा उनीहरुलाई अदालतमा उभ्याइने छ ।

’डीसीपी आयोबले बताएअनुसार १७ बच्चासहित जम्मा ५१ जना मलेसियनहरु सिरियामा रहेका छन् । उनले सिरियाबाट आएकाहरुले मलेसियामा आक्रमण गर्ने नगर्ने पक्का गर्नुपर्ने बताएका छन् ।उनले भनेका विभिन्न क्षेत्रमा अनुभव बटुलेका विज्ञहरुले कार्यक्रमको सञ्चालन गर्नेछन् । त्यसमा इस्लामिक स्टेटका धर्मगुरु, र प्रहरी अधिकारी पनि रहनेछन् । यस्तै सन २००१ देखि २०१२ सम्म गरेका यस्तै पुनस्स्थापना कार्यक्रमबाट सहभागी गराएका मध्ये ९७ प्रतिशत सफल भएको बताएका छन् ।