मिस नेपालको तयारि तिब्र,शुक्रबार बुटवल अडिशन हुने

प्रकाशित मिति:

बुटवल । मिस नेपाल २०१९ का लागि बुटवलमा शुक्रबार बुटवलमा अडिशन हुने भएको छ ।हिडन ट्रेजरको आयोजनामा हुन लागेको मिस नेपाल २०१९ को बुटवल अडिशन शुक्रबार बुटवलमा हुन लागेको हो ।आउने मे ९ मा काठमाण्डौमा हुन लागेको मिस नेपालको फाईनलमा सहभागिताका लागि पहिलो चरणको अडिशन मुलुकका विभिन्न शहरमा भै रहेको छ ।

यसैक्रममा बुटवलको एभरेष्ट होटल सुख्खानगरमा अडिशन हुन लागेको हो । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले बुटवलमा बुधबार पत्रकार सम्मेलन गरि मिस नेपालको अडिशन सुरु भएको जानकारी गराएको हो ।हिडन ट्रेजरका डाईरेक्टर गिरेन्द्रमान राजवंशिले १२ कक्षा पास गरेको, ५ फिट ४ ईन्च उचाई भएको र १९ देखि २५ वर्ष कम उमेरका युवतिहरुले मिस नेपालमा सहभागिता जनाउन पाउने जानकारी दिए ।

उनले मिस नेपालको अडिशनका लागि बुटवल लगायत नेपालगञ्ज, पोखरा, धनगढी, धरान, विर्तामोड लगायतका सहरहरुमा अडिशन भई रहेको समेत जानकारी दिए ।उनले ति सहरमा भएका अडिशनमा सहभागिता जनाउन नपाएमा काठमाण्डौमा समेत गएर फर्म भरि सहभागि हुन पाउने अवसर रहेको समेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा मिस अर्थ २०१८ प्रियां सिग्देल, मिस इन्टरनेशनल रोनाली आमात्यले सौन्दर्य कला प्रतियोगितामा सहभागिता युवतिको क्षमतावृद्धिको मुख्य पाटो रहेको बताए ।कार्यक्रमको सञ्चालन राजीब खनालले गरेका थिए ।