घुस लिँदालिँदै सहायक वन अधिकृत पक्राउ

२९ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शाहलाई विचौलिया पुष्पराज जोशीसहित पक्राउ परेको हो ।

काठ दाउरा चोरी निकासीको मुद्दा मिलाइदिन्छु भन्दै शाहले विचौलियामार्फत ३० हजार घुस लिँदै गर्दा कार्यालय परिसरमै पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया