विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको बन्दको बिहानदेखि प्रभाव

प्रकाशित मिति:

बुटवल /विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा आज आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ ।फागुन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका वडानम्वर ९ मा प्रहरी प्रशासनले आफनो पार्टीका कार्यकर्ता दुर्गा बहादुर रोकालाई घरबाट पक्रेर लगि पुन सुन्दरडाडामा ल्याई गोली प्रहार गरी घाइते बनाएको, स्थानीय जनतालाई सताएको र पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्ता कार्यको बिरोधमा बन्द आब्हान फागुन २४ गतेसो पार्टीले बिज्ञप्ति जारी गरी जनाएको थियो ।

पार्टी महासचिव बिप्लवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौ नेता कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजनीतिक व्यबहार गरीरहेकाले बन्द आब्हान गरीएको उल्लेख गरीएको छ ।सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले आजको बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन । बिहानी सत्रमा चल्ने शिक्षण सस्था चलेका छैनन ।बुटवल, भैरहवा, पाल्पा, अर्धाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन ।