पहिरोले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध ,,पानी लगातार परिरहेकाले बाटो खुलाउन समस्या

प्रकाशित मिति:

पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।