पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति:

पोखरा । पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।