गोरखाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

३० फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
4 Shares


गोरखा । गोरखाका दुई स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने २ स्थानमा भेटिएका शंकास्पद वस्तु पोखराबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जानकारी दिए ।शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया