संचारकर्मी निरु गौतमको तीज गित सार्वजनिक

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष सञ्चारकर्मी निरु गौतमको मौलिक भाकाको तीज गीत संग्रह शुक्रबार सार्वजनिक भएको छ ।सञ्चारकर्मी गौतमको लय र शब्द सिर्जनामा सिर्जीत जमुनाको तिर बोलको तीज गीत संग्रहको र म्युजिक भिडियोको वरिष्ठ गायिका देविका वन्दनाले विमोचन गर्नुभयो ।

त्यस अवसरमा वरिष्ठ गायिका वन्दनाले बुटवलले सांगीतिक क्षेत्रमा फड्को मार्दै गएकामा खुशी व्यक्त गर्दै जमुनाको तिर बोलको गीत अहिलेको नेपालको मौलिक परम्परा संरक्षण गर्ने खालको भएका बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसी, रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली, सञ्चारिका समूहका अध्यक्ष अमृता अनमोल लगायतले सञ्चारकर्मी गौतमले राम्रो गीत बजारमा ल्याएर कला क्षेत्रलाई प्रवद्र्धन गर्न लागेकोमा सराहना गर्नुभयो ।