PUBG खेल्ने १० जना पक्राउ !

प्रकाशित मिति:

एजेन्सी /भारतको गुजरात राज्यको राजकोट प्रहरीले अनलाइन खेल एग्द्यन् खेल्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद यो खेल खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।गएको मार्च ६ तारिखमा प्रहरी आयुक्तले एक सूचना सार्वजनिक गरी एग्द्यन् माथि प्रतिबन्ध लगाएको जानकारी दिएका थिए । एग्द्यन् तथा मोमो च्यालेन्ज खेलका कारण युवाहरु हिंसक भएको, पढाइमा असर परेको तथा आचरण र भाषामा परिवर्तन आएको बताउँदै राजकोट प्रहरीले यी खेलमाथि प्रतिबन्ध लगाएको स्पष्टिकरण दिएको थियो ।

द इन्डियन एक्सप्रेसका अनुसार राजकोट प्रहरीले अलग–अलग तीन ठाउँबाट एग्द्यन् खेल्ने १० जनालाई पक्राउ गरेको हो ।राजकोट स्पेसल अपरेशन्स ग्रुपका प्रहरी निरीक्षक रोहित रावलका अनुसार तीन जनालाई प्रहरी हेडक्वार्टरको नजिकैबाट गिरफ्तार गरिएको थियो । उनीहरुविरुद्ध मुद्दा चलाइएको र मोबाइल पनि जफत गरिएको छ ।

त्यस्तै ६ जना कलेजका विद्यार्थी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । चिया पसल तथा फास्ट फूड सेन्टरमा बसेर एग्द्यन् खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । अर्का एक जना भने विश्वविद्यालयका विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ ।पछिल्लो समय एग्द्यन् खेलका कारण युवा पुस्तामा मानसिक असर परिरहेको मनोचिकित्सकहरु पनि बताउँछन् । भारतको गुजरातमा भने यो मुद्दा अदालतसम्म पुगिसकेको छ ।