फर्मुला वनका निर्देशक चार्ली ह्वाइटिङको निधन

प्रकाशित मिति:

एजेन्सी /फर्मुला वन प्रतियोगिताका निर्देशक चार्ली ह्वाइटिङको ६६ वर्षको उमेरमा निधन भएको छ । खेलकुद क्षेत्रमा यो दशककै प्रभावित ब्यक्तित्व मानिने चार्लीको निधन अष्ट्रेलियाको मेलबर्नमा भएको हो ।यही साता अष्ट्रेलियन ग्रापीको उद्घाटन गर्ने तयारीमा रहेका उनको फोक्सोको समस्याका कारण पछिल्लो पटक पूर्ण रुपमा स्वस्थ थिएनन् । एफआईएका अध्यक्ष जीन टोटले चार्ली फर्मुला वनका लागि एउटा आदर्श ब्यक्ति रहेको बताएका छन् ।

सन् १९९८ मा टेक्निकल डाइरेक्टरका रुपमा एफ वनमा प्रवेश गरेका उनी त्यसपछि चिफ मेकानिक, चिफ इञ्जिनियर हुँदै प्रतियोगिताका प्रमुख बनेका थिए । चार्लीको निधनपछि उनको स्थानमा कसले जिम्मेवारी सम्हाल्ने भन्ने बारे निर्णय गर्न बाँकी रहेको छ ।