असफलता भित्रका सफलताहरु

प्रकाशित मिति:

-प्रेम पुन्थोकी

अल्वर्ड आइन्स्टाइनले भनेका छन् ‘ प्रयासले मानिस सफल हुदैन यसले त मानिसको मुल्य बढाउन सहयोग पुग्छ ’

चर्चिलले भनेका छन् ‘सफलताको अन्त्य कहिल्यै हु“दैन र असफलता सत्य हैन यी त मात्र नियमित गणना भित्र मात्र पर्छन् ’ । अर्थात कुनै काममा असफलता भन्ने नै हु“दैन केवल यो सफलता प्राप्तिको यात्रा भित्रको एक चरण मात्र हो न त सफलता भन्ने कुरा नै कुनै एक ठाउ“मा गएर रोकिन्छ । सफलताका अनेक रुप र चरण हुन्छन् जो हाम्रो जीवन प्रयन्त जारी रहेको हुन्छ । यदी सफलताको अन्त्य रोकिने भए हामी एक पछि अर्को आकांक्षा र आवश्यकता जन्माउदै सफलता खोज्ने थिएनौं । हामी कुनै पनि सफलतामा क्षणिक खुसी मात्र भेट्छौं त्यस पछि अर्को सफलताको खोजीमा दौडिइरहेका हुन्छौं । स्कुल शुरु गर्दाका दिनमा कुनै कक्षालाई पार गर्नुलाई हामी लक्ष्य ठान्यौं जव कक्षा अगाडि बढ्दै गयो त्यस पछि पनि अर्को कक्षाको सफलताको भोक हामीमा लागि रह्यो । स्कुल सिद्धाए पछि कलेजका दिनहरुमा यस्तै सफलता र भोकहरु जन्माउदै गयौं । त्यस्तै केही शिक्षा आर्जन गरिसकेपछि सामान्य भए पनि रोजगारीको अवसरको खोजीमा रह्यौं । त्यस भित्र पनि फेरी अनेक उत्कृष्ट अवसरको खोजीमा जोतिएका हुन्छौं । अन्य पेशा तथा व्यवसायको हकमा पनि त्यस्तै हुन्छ । यसको मतलव हामी कुनै पनि सफलता तथा असफलतालाई लक्ष्य भित्रको नियमिति अन्त्यहिन प्रकृयाको रुपमा हेर्न सक्छौं ।

सफलताको लागि कुनै पनि भौतिक कुरा तथा मानसिक सन्तुष्टि प्राप्ती लाई मात्र हेर्न भन्दा पनि भएका प्रयासहरुबाट थप सफलताको लागि सहयोगी बन्ने कुरालाई पनि उपलब्धिको रुपमा हेर्नु आवश्यक हुन्छ

सफलताको यात्रा भित्र जन्मिएका यस्तै धेरै असफलताहरुले हामीलाई थप बलियो बनाउदै लगेको हुन्छ । सामान्यत हामी कुनै पनि कामको असफलता पछि त्यसलाई लत्याएर अर्को काम तथा योजना तर्फ गएका हुन्छौं । यस बेला हामीले के बिर्सेका हुन्छौं भने अगाडि गरेको लगानीले हामीलाई सफलता नमिले पनि थप निखारता र अनुभवको सृजना गर्न सहयोग गरेको हुन्छ । पहिलो पटक संचालन गरेको कुनै कुखुरा फर्म संचालन गर्दा व्यावसाय डुव्यो भने अब धेरैको ध्यान फेरी त्यही व्यावसाय संचालन गरु“ भन्ने हु“दैन धेरैले अबको योजनामा अर्को व्यावसाय पर्न जान्छ । यो अवस्थामा हामीले कुखुरा पालन गर्नको लागि र कुखुरा पालन गर्नको लागि आवश्यक पुर्वाधार तथा सिपको बिकाशमा धेरै प्रगति गरेका हुन्छौं । अगाडि गरिएको कामबाट सिकिएको सिप तथा सजगता अबको लागि सिकाइ बन्छ र व्यावसाय सफलताका लागि सहयोगी बन्छ तर अर्को नया“ व्यवसाय संचालन गर्दा पहिलोको जस्तै असफलताको प्रवल संभावना हुन्छ । यो त कुनै व्यवसाय स“ग जोडेर भएको उदाहरणको कुरा भयो हाम्रा दैनिक कामहरु यस्तै सफलता, असफलता तथा सिकाइहरु बोकेर आएका हुन्छन् हामीले यसलाई प्रयोग गर्न र यसबाट केही लिन सक्नुपर्छ । यसले नै सफल बन्नको लागि केही भुमिका खेल्न सक्छ । अल्वर्ड आइन्स्टाइनले भनेका छन् ‘ प्रयासले मानिस सफल हुदैन यसले त मानिसको मुल्य बढाउन सहयोग पुग्छ ’ । यस भनाइले के अथ्याउछ भने हामी कुनै काममा जति सक्रियता जनाउछौ उति परिपक्क र बलियो बन्दै जान्छौं । सफलताको लागि कुनै पनि भौतिक कुरा तथा मानसिक सन्तुष्टि प्राप्ती लाई मात्र हेर्न भन्दा पनि भएका प्रयासहरुबाट थप सफलताको लागि सहयोगी बन्ने कुरालाई पनि उपलब्धिको रुपमा हेर्नु आवश्यक हुन्छ । कुनै पनि कुराको सफलताका लागि निरन्तर प्रयासलाई नै साधनाको रुपमा हेर्न धेरै सफल व्याक्तिहरुले बताएका हुन्छन् । सफलताका लागि कतै याचना भन्दा पनि सफलताको ढोका ढक्ढकाउनुपर्छ यसको लागि ढोका चिन्न र ढोकाको नजिक पुग्ने प्रयास जारी रहनुपर्छ । तसर्थ हरेक कुरालाई असफलता भन्दा पनि असफलता भनिएको कुरा भित्र सफलताका केही सुत्रको खोजी गर्नु बुद्धिमानी हुन्छ ।