७५ हजार घुस लिने जेलरबिरुद्ध मुद्धा दायर

प्रकाशित मिति:

काठमाडौं । कैदीबाट घुस लिएको अभियोगमा पक्राउ परेका मकवानपुर कारागारका जेलर ९शाखा अधिकृतम दन अधिकारीबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।लागूऔषध मुद्धामा कैद भुक्तान गरिरहेका कैदीलाई अन्यत्र सरुवा गरिदिने भनी धम्क्याएर ७५ हजार घुस लिएको दावी गर्दै अख्तियारले जेलर अधिकारीबिरुद्ध मुद्धा दायर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले ७५ हजार घुससहित पक्राउ गरेको थियो ।अधिकारीलाई ७५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ९१० र ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम सजाय मागदावी गरिएको छ ।