आगलागीबाट ४ घर नष्ट

३० फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


इलाम । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् ।सन्दकपुर गाउँपालिका वडा नं। २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताए ।

आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् । आगो निभाउने र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको स्थानिय यामबहादुर मुखियाले बताए । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो ।आगलागी लगत्तै नेपाली सेना र स्थानियवासी मिलेर आएर घरभित्रका सर–सामान निकाल्ने प्रयास गरेका थिए । ‘केही सामान निकाल्न पाइयो’ स्थानीय यामबहादुर मुखियाले भने, ‘तर, धेरैजसो जल्यो ।’ इलाम नगरपालिकाबाट दमकल पठाइए पनि घरहरु जलिसकेपछि मात्र दमकल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस