हेटौंडामा बर्ड फ्लू भेटियो

प्रकाशित मिति:

हेटौंडा । मकवानपुरको हेटौंडामा बर्ड फ्लु भेटिएको छ । हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बर्ड फ्लुको नतिजा प्राप्त भएको भन्दै उक्त कुखुरा फर्मको चारकिल्ला किटान गरी रोग नियन्त्रण गर्न कुखुरा, अण्डा र सुलीसमेत निकासी हुन नपाउने गरी निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले सूचना जारी गरी उक्त कुखुरा फर्मबाट कुखुरा, अण्डा, सुलीसमेत निकासी हुन नपाउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।