९ वर्षीया बालिका बलात्कार, अभियुक्त फरार

३० फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
13 Shares


वीरगंज/वीरगंजमा मिठाईको प्रलोभनमा पारी नौ वर्षीया बालिकामाथि बलात्कार भएको छ । वीरगंज महानगरपालिकाको वडा नं ११ रानीघाटमा बस्दै आएकी ९ वर्षीया एक बालिकालाई राजन तुरहाले बलात्कार गरेका हुन्।

पिडित बालिका र पिडक एउटै घरमा डेरामा बस्दै आएका थिए । बालिका घरमा एक्लै भएको बेला तुरहाले मिठाईको लोभ देखाएर किशोरीलाई आफ्नो कोठामा बोलाएर मुख्ख थुनेरर जबरजस्ती करणी गरेको पिडित कि आमाले बताएकी छन् ।घरमा कोई नभएको मौकामा राजनले बलात्कार गरेको हो, पिडितको आमाले भनिन् । बलात्कार पछि राजन तुरहा फरार रहेका छन् । फरार अपराधी तुरहाको खोजी कार्य तीब्र गतिमा भई रहेको पर्सा प्रहरी प्रवक्ता अनन्त राम शर्माले र्शमाले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया