रुपन्देही सुपर लिग,वेष्टर्न क्रिकेट क्लबको सानदार जित

प्रकाशित मिति:

रुपन्देही /वेष्टर्न क्रिकेट क्लब बुटवलले साई ग्लोबल क्रिकेट क्लब भैरहवामाथि सानदार जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘ए’ को खेलमा वेष्टर्नले साई ग्लोबलमाथि १ सय ४५ रनको बिशाल अन्तरको जित निकालेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २ सय ९५ रनको बिशाल योगफल तयार पारेको थियो । जसमा भुवन पाण्डेले ५४, बिक्रम सोभले ४१, महेश रानाले ४३ र प्रदिप कुमारले ३७ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका अहम्मद हुसेनले ५ विकेट, दुर्गेस कुर्मीले २, इमरान खान, इमरान पठान र रुपेश वास्तोलाले समान एक–एक विकेट लिए ।

प्रतिउत्तरमा २ सय ९६ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको साई ग्लोबल टिम ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सफल भयो । साई ग्लोबलका लागि रुपेश वास्तोलाले ४० र प्रज्वल थापाको ३२ रनको योगदान रह्यो । बलिङमा वेस्टर्नका बिक्रमले ४, अभिशेष गौतमले २ विकेट र प्रदीप कुमार र राहुल कुमारले एक–एक विकेट लिए ।खेलमा वेष्टर्नका बिक्रम सोभ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार शंकरनगर क्रिकेट क्लब शंकरनगर र स्टार क्रिकेट क्लब ओमसतियाबीच प्रतिस्पर्धा हुने संघमा अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।