जनचेतना अभिबृद्धी कार्यक्रम तथा अग्नि नियन्त्रण सञ्जाल गठन

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीमा अवस्थित पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट ४ बर्टघाटले जनचेतना अभिबृद्धी कार्यक्रम तथा अग्नि नियन्त्रण सञ्जाल गठन अभियान थालेको छ । सो अभियान अन्र्तगत वनको मुल समितिले विहिबार वनकी उपाध्यक्ष लक्ष्मी बर्तौलाको समयोजकत्वमा ३ सदस्यिय जनचेतना अभिबृद्धी तथा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको छ । सो अवसरमा गठित उपसमितिले बर्दघाट नगरपालिकामा जंगलदेखी नजिक रहेका गाउ तथा टोल टोलमा गई विभिन्न उपसमिति गठन गर्ने वनका अध्यक्ष चुडामणी भण्डारीले जानकारी निुभएको छ ।

साथै सोही कार्यक्रमलाई निरन्तरता दिन क्रममा विहिबारै बर्दघाट नगरपालिका वडा नम्बर ४ डाडाटोलमा जनचेतना अभिबृद्धी तथा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको छ । वनकी उपाध्यक्ष तथा उपसमितीकी समयोजक लक्ष्मी बर्ताैलाको अध्यक्षता तथा पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कृष्ण पाण्डेको नेतृत्वमा २१ सदस्यिय जनचेतना अभिबृद्धी तथा अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको छ ।

सो अवसरमा अतिथिहरु प्रशिक्षक वनका कोषाध्यक्ष आनन्द पुरी, स्थानिय समाजसेवी, वनका कर्मचारी, पदािधकारी, बुद्धिजिवी, लगाएत ए सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा नवगठित समितिका सदस्यहरुले उपसमितिले आफुहरुलाई सुम्पेको जिम्मेवारीलाई हरबखत उकदमै ईमानदारीका साथ निर्वाह गर्दै गर्मी मौसममा हुसक्ने आगलागीलाई नियन्त्रण गर्न आफुहरु लागिपर्ने समेत प्रतिबद्धता जनाएका थिए । वनकी सदस्य माया गिरिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वनका सचिव कृष्ण न्यौपानेले गर्नुभएको थियो ।