भारत र पाकिस्तानका प्रतिनिधिमण्डलबीच बैठक सुरू

प्रकाशित मिति:

नयाँ दिल्ली /भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ ।स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो ।

दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए ।करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यहीअनुसार छलफल हुनेछु, विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भन्नुभयो ।शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् ।पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका प्रतिनिधिबीच पहिलो पटक वार्ता हुँदैछ । करतारपुर करिडोरकै विषयमा कुराकानी भए पनि यसले दुई छिमेकी देशबीचको सम्बन्धमा केही मात्रामा भए पनि सुधार हुने अपेक्षा गरिएको छ ।