महँगो औषधिका कारण मृगौला रोगी समस्यामा

प्रकाशित मिति:

सरकारले हरेक वर्ष १ अर्ब रुपैयाँ मृगौला रोगीको उपचारका लागि छुट्याउने गरेको छ । तर, महँगो औषधिका कारण विरामी मर्कामा पर्ने गरेका छन् । आर्थिक अभावले औषधि सेवन गर्न नसक्दा धेरै ज्यान गुमाउनुपरेको तितो यर्थाथ छ ।सबैका लागि मिर्गौला, जहाँ गए पनि मिर्गौला’ नारा सहित विश्व मिर्गौला दिवस मनाइएको छ । नेपालमा मृगौला रोगीको अवस्था दिनानुदिन बढ्दै गएको तथ्यांक छ । सरकारले सबैभन्दा बढी सुविधा मृगौला रोगीका लागि दिएपनि पर्याप्त देखिदैन । डाइलाईसिस् प्रत्यारोपण निशुल्क भए पनि औषधि महँगो भएका कारण मृगौला रोगी पीडित छन् । यी हुन्, बझाङका २४ बर्षीया दीपक धामी । २ बर्ष अगाडि दुवै मृगौला फेल भएपछि उनि अहिले डाइलाईसिस् गराउँदैछन् । समय समयमा मृगौला परीक्षण गराउनुपर्ने उनको सुझाव छ ।

नेपालमा हाल ३ लाख मानिसमा मृगौला फेल भएको तथ्यांक छ । त्यसमा हरेक बर्ष ३ हजार नयाँ थापिन्छन् । २०७३ ७४ मा मृगौला क्यान्सर लगायतका रोगमा १५ हजार ३ सय ३८ जना बिरामीको उपचारमा सरकारले १ अर्ब १७ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । मृगौला रोगको औषधी महँगो भएकाले औषधि किन्नै मुस्किल पर्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।

बिशेषज्ञका अनुसार मृगौला रोगको औषधि सबै ठाउँमा उपलव्ध छैन् । मृगौला फेल भएका बिरामीले महिना को १२ देखि १५ हजार रुपयाँ बराबरको औषधी सेवन गर्नु पर्ने हुन्छ । अधिकांश मृगौला रोगी औषधि निःशुल्क गरे हुन्थ्यो भन्ने अपेक्षामा छन् ।यता मृगौला रोगीको उपचारका लागि गत बर्ष ७१ करोड ३४ लाख बजेट बिनियोजन गरेको सरकारले हरेक बर्ष रोगी बढ्दै गएकोले अनुदान दिने रकम अभाब हुने गरेकोछ ।