आठौं विश्व बाघ दिवश आज विभिन्न कार्यक्रम गरी मनाईंदै

प्रकाशित मिति:

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउन आइतबार आज आठौँ विश्व बाघ दिवस मनाईँदै छ । यो वर्ष नेपालले ‘सम्वृद्धिका लागि बाघ’ नाराका साथ विश्व बाघ दिवस मनाइरहेको छ । बाघको संरक्षणका लागि निकुन्ज र वन्यजन्तु आरक्ष वरपर मध्यवर्ती क्षेत्र घोषणा गरेर समुदायलाई संरक्षणमा सक्रिय गराउने नीति अनुसार सरकारले कार्यक्रम सन्चालन गरिरहेको छ । सन् २०२२ सम्म यो संख्या दोब्बर गर्ने लक्ष्य सहित सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।