अघोरी’को शुभ मुहूर्त, १ गतेबाट फ्लोरमा जाँदै

प्रकाशित मिति:

फिल्म ‘अघोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘बिलभ्ड इन्टरटेन्मेन्ट’को व्यानरमा बन्दै गरेको यस फिल्मको शुभ मुहूर्त गरिएको हो । फिल्मका लागि मुहूर्तमा मुख्य कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले पहिलो सट दिए ।

यो फिल्ममा विन्दा तामाङ, मुनम मल्ल ठकुरी, उमेश खड्का लगायतको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै फिल्ममा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईको संगीत रहनेछ । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा राजु किरातको द्वन्द्व निर्देशन रहनेछ ।यो फिल्म चैत १ गतेबाट फ्लोरमा जाँदैछ । फिल्मलाई पवन गौतमले छायाङ्कन गर्नेछन् । झण्डै ३५ दिनको सुटिङ सेड्युल रहेको ‘अघोरी’लाई काठमाडौं, मुस्ताङ, पूर्वी नेपाल र दुवईमा छायाङ्कन गरिनेछ ।फिल्मलाई भोमन कटुवालको निर्देशन गदैछन्, भने राधादेवी कटुवालले निर्माण गर्नेछन् ।