लभ स्टेसन’ लाई चोरीको आरोप

प्रकाशित मिति:

काठमाडौँ /अभिनेता प्रदीप खड्काको आइतबार आफ्नो २६ औँ जन्मदिनको केक काटेका छन् । उनको रिलिज हुन लागेको चलचित्र लभ स्टेसन टिम र सञ्चारकर्मी बिचमा उनले आफ्नो जन्मदिनको केक काटेका थिए । जन्मदिनको केक काट्ने कार्यक्रममा प्रदीपलाई चलचित्रको लभ स्टेसन चोरीको आरोप लागेको छ ।

केही दिन अघि प्रदीप र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको ‘ल स्टेसन’को ट्रेलर रिलिज भएको थियो । सार्वजनिक भएसँगै ट्रेलरले वाहवाही पाएको थियो । तर चलचित्रको ट्रेलरमा रहेको एक दृश्य र टर्कीको एक चलचित्रको एक दृश्य हुबहु मिलेपछि केही दिन देखि यसको आलोचना भएको छ । टर्किस् चलचित्र ‘हर से असक्तन’ नामक चलचित्रमा रहेको उक्त दृश्य लभ स्टेशनको ट्रेलरमा हुबहु राखिएको छ ।

यसबिषयमा भने प्रदीप यो संयोगमात्र रहेको बताउँछन् । उनी भन्छन् ‘संसारमा कयौँ चलचित्रहरू बनिरहेका हुन्छन् । जसमा कुनै न कुनै सिनहरू मिल्न जानु स्वाभाविक नै हो । तर यसलाई ठुलो विषय बनाउन जरुरी छैन । सामान्य केही सिनहरू उस्तै लागेता पनि चलचित्र भने फरक छ ।’ उनी थप्छन् ‘हामीले चलचित्रमा एउटै कुराहरू गरिरहेका हुन्छौ तर फरक तरिकाले, त्यही प्रयोग हामीले लभ स्टेसनमा गरेका छौ । कुनै चलचित्रको सिन मिल्यो भन्दैमा कपि भनेर भन्न मिल्दैन ।हामीले कपि गरेका छैनौँ मात्र राम्रो बनाएका छौ । ’