जनता मावि पिपरामा मुख्यमन्त्री पोख्रेलको अनुगमन

प्रकाशित मिति:

रुपन्देही /प्रदेश नं ५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलले जनता माध्यमिक विद्यालय पिपराको आज अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा पोखरेलले विद्यालयले उत्कृष्टता हासिल गरीराखेको सन्र्दभ चर्चा गर्दै आगामी दिनमा प्रदेशमा मात्र नभइ राष्ट्रमै उत्कृष्ट बनाउन सम्पुर्ण शिक्षक, विद्यार्थी एवम अभिभावक लाग्नु पर्ने बताउनु भयो ।

आफुलाइ विद्यालयको समग्र अवस्था देख्दा खुसी लागेको बताउनुभएका मुख्य मन्त्री पोखरेलले विद्यालय सामाजिक एवम शैक्षिक उत्तरदायित्व पुरा गर्न सक्षम भएको प्रति खुसी एवम आभार व्यक्त गर्नु भयो ।अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले आसन्न एस इ इ परीक्षा तयारीका सन्र्दभमा विशेष चासो व्यक्त गर्नु भयो । अनुगमन टोलीमा प्रदेश सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सी मरासिनी लगायत रहनुभएको थियो ।अनुगमन टोलीलाइ स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले विद्यालयको बारेमा जानकारी गराउनु भएको थियो ।