राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्कँदै,फर्कने समयमा आवत–जावतमा रोक नलगाइने

प्रकाशित मिति:

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ कतार एयरलाइन्सबाट दिउसो साढे ३ बजे नेपाल आइपुग्नुहुनेछ ।

राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गर्नुभएको थियो । अधिवेशनमा भाग लिन उहाँ गएको सोमबार अमेरीका जानुभएको थियो ।