क्यानन उ माबिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ चैत्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल /सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याननको सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजना गरिएको सो कार्यक्रममा बुटवल बेलबास र चरङ्गे क्षेत्रका करिब १८ ओटा आमा समुहका १०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक सचेतना, लागुपदार्थ दुव्र्यसन, प्रविधिको बढ्दो दुरुपयोग, समाज परिवर्तनमा आमा समुहको भूमिका र संस्कार सहितको शिक्षा विषयमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त सहजकर्ता कमल सिलवालले सहजीकरण गर्नुभएको थियो ।करिब ३ घण्टा जति क्यानन माध्यमिक विद्यालयकै सभा हलमा सभ्य र भव्य तरिकाले आयोजना भएको उक्त अन्तरक्रियाका सहभागी महिलाहरुले आफुलाई आमन्त्रण गरेकोमा खुशी व्यक्त गर्दै आङ्खनै टोलमा पनि यस्तो कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । विद्यालयका प्राचार्य थानेश्वर पौडेलको अध्यक्षता र वरिष्ठ शिक्षक बेदनिधि घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया