राष्ट्रपति भण्डारीस्वदेश फिर्ता

प्रकाशित मिति:

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर स्वदेश फर्किनु भएको छ ।

उहाँ कतार एयरलाइन्सबाट त्रिभुवन विमानस्थल आइपुग्नु भएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदाय लगायतसँग भेटघाट गर्नुभएको थियो ।अधिवेशनमा भाग लिन उहाँ गएको सोमबार अमेरिका जानुभएको थियो ।

थप समाचार